२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 4:45 pm
राजनीति

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्र्दै

सूचना प्रेस २०८० आश्विन ५ शुक्रबार ००:००, ०८:३० बजे १ मिनेट पढाइ

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा हिजोबाट सुरु भएको बैठक आज ११ बजेबाट सुरु हुनेछ ।

पहिलो दिनको बैठकमा एक दर्जन नेताहरुले आफ्नो धारणा राखेका थिए । बैठकमा तीन वटा प्रस्ताव प्रस्तुत भएका छन् । हिजोको बैठकमा कार्यवाहक प्रधानमन्त्री र पार्टीका उपसभापति पूर्णबहादुर खड्काले सरकारको गतिविधिका बारेमा प्रस्तुत गरेका थिए ।