१० कार्तिक २०८१, शनिबार 1729980486
Banner

एमाले वाग्मती अधिवेशन आज उम्मेदवारी दर्ता, भोलि निर्वाचन

काठमाडौं । नेकपा (एमाले)को वाग्मती प्रदेशको जारी अधिवेशनमा आज मनोनयन दर्ता हुँदै छ । निर्वाचनका लागि बिहान ८ बजे मतदाता नामावली प्रकाशन गरिने भएको छ । अन्तिम नामावली ९ बजे प्रकाशित हुने छ । बिहान ९ बजेदेनि ११ बजेसम्म उमेदवारी दर्ता हुनेछ ।

अपराह्न ४ बजे उमेवारको नामावली प्रकाशन हुनेछ । ५ बजे अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन कार्यतालिका छ ।

बिहीबार बिहान ११ बजे मतदान हुने तय भएको एमालेले जनाएको छ। जारी अधिवेशनमा प्रस्तुत गरिएको राजनीतिक तथा सांगठनिक प्रतिवेदन सुझावसहित पारित भइसकेको छ । समूह विभाजन गरेर गरिएको छलफलपछि प्रतिवदेनबारे समूहका नेताहरूले धारणा राखेका थिए ।

अधिवेशनमा बागमती प्रदेश अन्तर्गत १३ जिल्लाबाट झण्डै १२ सय प्रतिनिधि सहभागी छन्। अधिवेशनले पाँच पदाधिकारीसहित २ सय ४० सदस्यीय समिति चयन गर्नेछ।

अध्यक्षका लागि केन्द्रीय सदस्यहरू कैलाश ढुंगेल, कृष्णप्रसाद दाहाल, वर्तमान प्रदेश अध्यक्ष केशवराज पाण्डे, पूर्वसांसद कृष्णभक्त पोखरेल, सानुकुमार श्रेष्ठ लगायतका नेताहरुले दाबी गरेका छन्।