१० कार्तिक २०८१, शनिबार 1729937232
Banner

बूढानीलकण्ठ–१०मा राजीव गान्धि क्यासर हस्पिटलका विशेषज्ञको उपस्थितिमा स्तन क्यान्सरसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न

काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ९ मा स्तन क्यान्ससम्बन्धी जनचेतनामूलक कार्यक्रम २०८० सम्पन्न भएको छ । वडा नम्बर ९ ले आइतबार सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा राजीव गान्धि क्यासर हस्पिटल नयाँ दिल्लीका स्तन क्यासन विशेषज्ञ डा. राजीकुमार तथा डा.गरिमा डागाको उपस्थिति थियो । सहभागी दिदी बहिनी तथा आमाहरुले आफ्नो समस्या राखेका थिए ।

कार्यक्रममा राजीव गान्धि क्यासर हस्पिटल नयाँ दिल्लीका स्तन क्यासन विशेषज्ञ डा. राजीकुमार तथा डा.गरिमा डागाले क्यान्सरबारे ब्रिफिङ गरी सोबाट बच्न अपनाउनुपर्ने सुझाव दिएका थिए ।

साथै, उनीहरुले स्तन क्यासर सम्बन्धी आगामी दिनमा त्यस्तो कुनै समस्या आएमा आफूसँग समन्वय गर्न आग्रह गर्दै भने, ‘तपाईंहरुलाई कुनै त्यस्तो अफ्ठ्यारो परेमा हामीसँग समन्वय गर्नूस् तपाईंहरुको समस्याको निराकरण गर्ने प्रयास गर्नेछौँ ।’

महिलामा स्तन क्यासर धेरै देखिने र बढी जोखिम हुने भएकाले वडाले स्तन क्यासरसम्बन्धी जनचेतनामूलक कार्यक्रम राखेको वडाध्यक्ष सुमित्रा त्रिपाठी, पाण्डेले बताइन् ।

साथै, आगामी दिनमा स्तन क्यासरसम्बन्धी कुनै समस्या भएमा सीधै हस्पिटलसँग समन्वय गर्न सकिने उनले जानकारी दिइन् ।

डा.द्वयलाई सम्मान
बूनपा वडा नम्बर ९ ले डा. द्वयलाई राजीकुमार तथा डा.गरिमा डागालाई सम्मान गरेको छ । वडाले उनीहरुलाई मायाको चिनोस्वरुप बूढानीलकण्ठको मूर्ति आकृति तस्वीर उपहार प्रदान गरेको थियो ।