२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 4:03 pm
Banner

कैद मिनाहबारे गृहमन्त्रीसँग जवाफ माग्ने समितिको निर्णय

सूचना प्रेस २०८० आश्विन १५ सोमबार ००:००, १४:४४ बजे १ मिनेट पढाइ

काठमाडौं । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले कैद माफी मिनाहाबारे गृहमन्त्रीसँग जवाफ माग्ने भएको छ ।

समितिको सोमबार बसेको समितिको बैठकले राष्ट्रपतिबाट संविधान दिवसका अवसरमा दिएको आममाफीबारे उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग जवाफ माग्ने निर्णय भएको हो ।

समिति सभापति विमला सुवेदीले गृहमन्त्रीको समय हेरेर समितिमा बोलाइने बताइन् । संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट कैद माफी मिनाहा पाउनेमा जघन्य अपराधमा कैद भोगिरहेका व्यक्ति पनि परेपछि विरोध भइरहेको छ । समितिले बालसुधार गृहहरुको अवस्थामा विषयमा पनि गृहमन्त्रीसँग जवाफ माग्ने निर्णय गरेको छ ।