९ कार्तिक २०८१, शुक्रबार 1729901826
Banner

नेपाली सेनाको ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंमा नेपाली सेनाको ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ।

बिहीबार राति साढे ७ बजे काठमाडौं‌ महानगरपालिका–२८ स्थित भद्रकालीनजिकै सभागृह मोडमा सेनाको ट्रकले ठक्कर दिँदा एक आकृति शर्माको मृत्यु भएको हो । ट्रक सेनाका हुद्दा महोमद नुरेन देवानले सो ट्रक चलाएका थिए ।

ठक्करबाट स्कुटर चालक काठमाडौं महानगर–१३ ताहाचल बस्ने ३२ वर्षीया आकृती शर्माको मृत्यु भएको हो। ठक्करपछि घाइते भएकी उनको उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको थियो।

त्यहाँ उपचारको क्रममा राति ८ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।