९ कार्तिक २०८१, शुक्रबार 1729916545
Banner

राप्रपाका राजेन्द्र लिङ्देनको अभिव्यक्ति रेकर्डबाट हटाउन माग

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले ज्ञानेन्द्र शाहलाई राजा भनेपछि आपत्ति जनाएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा अध्यक्ष लिङदेनले ज्ञानेन्द्र शाहलाई राजा भनेपनि दाहालले सो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सो अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका हुन् ।

उनले भने, ‘नेपालको संविधानले राजा चिन्दैन । एकजना माननीयज्यूले सदनमा राजा भन्ने शब्द प्रयोग गर्नुभयो । यो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुको हो । त्यसैले राजा भन्ने शब्द रेकर्डबाट हटाउन माग गर्दछु ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राजावादी र पूर्वराजाका कुन गतिविधिले सामाजिक सद्भाव बिथोलिएको भन्ने नेताहरुको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै राजावादी र पूर्वराजाका कुन गतिविधिले लोकतन्त्र अवरुद्ध र सामाजिक सद्भाव बिथोलियो भनी प्रश्न गरेका थिए ।

उनले भने, ‘केही साथीहरूले राजावादीहरू धार्मिक सद्भाव बिथोल्न लागेका छन् । त्यसलाई निगरानी गर्नुपर्‍यो । राजा ज्ञानेन्द्र पनि लोकतन्त्र गतिविधिमा ध्यान दिनुपर्‍यो आग्रह गरे । कुन त्यस्तो गतिविधि रहेछ राजावादीहरूको त्यस्तो जसले धार्मिक सद्भाव बिथोल्न लागेको छ । पूर्वराजा ज्ञानेन्द्रको कुन त्यस्तोगतिविधि रहेछ जसले लोकतन्त्रलाई अवरुद्ध गरिरहेको छ । त्यसको त्यसको जानकारी लिन चाहन्छु ।’

उनले अपराधीहरूलाई जेलबाट छोड्ने, बालुवाटारका सरकारी जग्गा व्यक्तिको नाममा बनाउने, नेपालीहरूलाई भुटानी शरणार्थी बनाउने, सुन तस्करी गर्ने काम लोकतान्त्रिक हो ? भन्दै प्रश्न गरे ।