१० कार्तिक २०८१, शनिबार 1729930823
Banner

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिर्दै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की राजीनामा दिने भएका छन् । विश्वासको मत लिनुअघि बसेको एमाले संसदीय दलको बैठकले राजीनामा दिने निर्णय गरेको हो । एमाले प्रमुख सचेतक रेवतिरमण भण्डारीले मुख्यमन्त्रीले राजीनामा दिने बताए ।

मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि आज शनिबार प्रदेशसभा बैठक बोलाइएको थियो । संविधानको धारा १६८ को उपधारा ३ अनुसार नियुक्त भएका मुख्यमन्त्रीले विश्वासको मत नपाए उपधारा ५ अनुसार नेतृत्वमा दाबी गर्न नपाउने कानुन व्यावसायीले सुझाव दिएपछि विश्वासको मत परीक्षण नगरि उनले राजीनामा दिने भएका हुन् ।