काठमाडौं । दसैँ नजिकिँदै जाँदा काठमाडौंको मैतिदेवी मन्दिरलाई झकिझकाउ बनाइएको छ । सिँगारिएको मन्दिरमा साँझपखको दृश्य निकै मनमोहक देखिएको छ ।
दसैँ नजिकिएसँगै मैतिदेवीमा भक्तजनहरूको घुइँचो लाग्ने गरेको छ । मन्दिर तथा वारिपारिका सडक पनि झिलिमिली बत्ति लगाएर उज्यालो बनाईएको छ । महाअष्टमिको दिन मैतिदेवीमा राष्ट्रपतिले दर्शन गर्ने चलन रहेको छ ।