९ कार्तिक २०८१, शुक्रबार 1729887396
Banner

दशैँ घरमा राखियो जमरा

काठमाडौं । घटस्थापनाको पहिलो दिन काठमाडौंको हनुमानढोकामा अवस्थित दसैँघरमा विधिवतरूपमा जमरा राखिएको छ ।

आइतबार बिहान ११ बजेर २९ मिनेटको साइतमा शुभसाइतमा हनुमानढोका दरबारका पुजारीले जमरा राखेका हुन् । सोक्रममा नेपाली सेनाको ब्याण्ड बाजाटोलीले मंगल धुन बजाएको छ । सँगै बन्दुक पड्काएर बढाइँ गरिएको छ ।

दसैँघरमा घटस्थापनापछि दैनिक बलि दिई विधिपूर्वक पूजा आराधना गरिन्छ । यस वर्ष पनि महानवमीका दिन हनुमानढोकाको कोतमा ५४ बोका र ५४ राँगासहितको बलि दिइन्छ ।

हनुमानढोकाको दसैँघरमा नवरात्रभर विधिपूर्वक पूजा आराधना गरिनुका साथै मंगल धुन पनि गाइन्छ ।