९ कार्तिक २०८१, शुक्रबार 1729887311
Banner

गठबन्धनको सरकार तलमाथि हुँदैन : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गठबन्धनको सरकार तलमाथि नहुने बताएका छन् ।

सुर्खेतमा आयोजित जागरणसभालाई सम्बोधनका क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार कसैले ढाल्न नसक्ने बताए ।

गर्दै उनले भने, ‘कतिपयलाई लागेको होला, यो गठबन्धन सरकार टिक्छ कि टिक्दैन भन्ने । कोशी प्रदेशमा नयाँ समस्या खडा भयो । त्यसले यो सरकारमाथि आशंका उठेको हुनसक्छ । यो सरकारलाई कसैले ढाल्न सक्दैन । कसैले जतिसुकै फुर्ती देखाए पनि यो फुर्ती चल्नेवाला छैन । किनभने हामी छौं । हाम्रो पार्टीले राजनीतिक कोर्स चेन्ज गरिदिएको छ ।’
यस्तै, उनले आफूलाई ठूला भन्ने दलहरुलाई पनि हामीले देखाइदिएको बताए । उनले भने, ‘चुरीफुरी धेरै नगर्नुस् तपाईंहरुको खुट्टी हामीले देखिसकेका छौं । के गर्न सक्नुहुन्छ, के गर्न सक्नुहुन्न हामीलाई थाहा छ ।’