८ मंसिर २०८१, शनिबार 1732396350
Banner

अतिक्रमित जग्गा फिर्ता गरेँ : राजु अधिकारी (वडाध्यक्ष बूनपा-११ )

काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाका ११का वडाध्यक्ष राजु अधिकारीले निजीकरण गर्न खोजिएका सरकारी जग्गा फिर्ता गरेको बताएका छन् ।

सोमबार सूचनाप्रेससँग कुराकानीका क्रममा उनले यस्तो बताएका हुन् । उनका अनुसार हाल ती स्थानमा पर्यकटीय स्थल र खानेपानीका लागि काम भइरहेको बताए । उनले भने, ‘मेरो कार्यकालमा हडपिएका सरकारी जग्गा फिर्ता गरी सो ठाउँमा सार्वजकि काम भइरहेको छ ।’

१२००० घरधुरीको यस वडामा खानेपानीका लागि बोरिङको व्यवस्था गरिएको छ । खानेपानीको थप सुविधाका लागि वडाकै पहलमा अहिले मेलम्ती खानेपानीको काम सुरु भएको उनले बताए ।

वडामा माध्यमिक तहका ३ वटा विद्यालय भएको बताउँदै उनले एक वटा उच्चमाध्यमकि इलेक्ट्रोनिक विद्यालय रहेको बताए । नगरपालिकाको सहयोगमा सञ्चालित सो विद्यालयबाट पहिलो ब्याजबाट दक्ष जनशक्ति उत्पादन भएको बताए ।

माध्यमिक विद्यालयमा कुल १३०० को हाराहारीमा रहेको बताउँदै उनले विद्यार्थीको गुणस्तरका लागि कुल १२ लाख रुपैयाँ वडाबाट विनियोजन भएको उनले बताए । उनले भने, ‘विद्यार्थीको गुणस्तर वृद्धिका लागि वडाले १२ लाख छुट्याएको छ ।’ त्यस्तै, वडामा रहेका विद्यालयबाट दक्ष जनशक्ति उत्पादनका लागि वडाले अतिरिक्त क्रियाकलाप वकृत्वकला, हाजिरीजवाफलगायत गर्दै आएको बताए । उनले भने, ‘ हामीले विद्यार्थीहरुलाई स्काउटसम्बन्धी पनि तालिम दिने गरेका छौँ ।

वडामा एउटा स्वास्थ्यचौकी रहेको बताउँदै उनले ल्याब पनि सञ्चालन भइरहेको बताए । वडा कार्यालय रहेको बताउँदै उनले जनताको सेवामा तदारुक्ताका साथ लागिरहेको बताए । विगतमा वडाका केही स्थानमा डुबान हुने गरेको बताउँदै उनले हाल सो समस्या निराकरण गरेको बताए ।

यस्तै, उनले आफ्नो वडा पनि काठमाडौं महानगरको वडा नम्बर ६ सँग जोडिएको बताउँदै महानगरको खोला खन्नेबारे आफ्नो वडा र वडावासी सो कुरामा सहमत नभएको बताए । बरु उनले कल्वर्ट बक्सका लागि ठेक्का लागिसकेको बताउँदै सो कार्य निरन्तर हुनुपर्ने उनको भनाइ छ ।

वडा नम्बर पर्यटकीय स्थाल भएको बताउँदै उनले सोको विकासका लागि आफू लागिपर्ने बताए । उनले भने, ‘ हाम्रो वडामा ८ वटा गुम्बा छन् । त्यसलाई सम्बद्र्धन र प्रवद्र्धन गर्ने गरेका छौँ ।’ यस्तै, उनले आफ्नो वडामा विभिन्न पार्क पनि रहेको बताए । यिनलाई सम्वद्र्धन र प्रवद्र्धन गर्न आवश्यक रहेको उनले बताए ।

यस्तै, वडामा ४५० भन्दा बढी रोहिंग्या शरणार्थी रहेको बताउँदै उनले वडाको समन्वयमा उनीहरुलाई खाद्यसामग्री लगायत अन्य सामग्री वितरण गर्ने गरेको बताए । वडामा शरणार्थी हुँदा वडमा अन्यको भन्दा केही फरक जिम्मेवारी हुने गरेको उनको भनाइ छ । यद्यपि शरणार्थीहरु जग्गा भाडामा लिएर बसेको उनले बताए । उनले भने, ‘हामीहरुले उहाँहरुलाई मानवीय रुपले औषधि, खाद्यन्नलगायत सहयोग गर्छौँ ।’