७ जेष्ठ २०८३, बिहिबार 1779355565
Banner

महन्थ ठाकुर अस्वस्थ, हेलिकोप्टरबाट काठमाडौं ल्याइयो

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर अस्वस्थ भएका छन् ।

कार्यक्रममका लागि भैरहवा पुगेका बेला आकस्मिक रूपमा अस्वस्थ भएका ठाकुरलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ । उनको अहिले मेडिसिटी अस्पतालमा भर्ना भइरहेको छ । “लोसपा नेपालको आदरणीय अध्यक्ष माननीय महन्थ ठाकुरजी पार्टीको कार्यक्रममा भैरहवामा हुँदा समान्य ज्वरो, पखाला तथा डिहाइड्रेसनसमेत देखिएकाले हेलिकोप्टरबाट काठमाडौंको मेडिसिटी अस्पतालमा ल्याइएको छ,” लोसपा नेता डा। सुरेन्द्र झाले फेसबुकमा लेखेका छन्, “मेडिसिटीमा डाक्टरहरूको ब्रिफिङअनुसार प्राराम्भिक जाँचमा गम्भीर समस्या केही नदेखिएको जानकारी गराउन चाहन्छु ।”