काठमाडौं । दुर्घटनामा परेका मनाङ एयरका पाइलट प्रकाशकुमार सेढाईंको निधन भएको छ । असोज २७ गते दुर्घटनामा परेका पाइलट सेढाईंको उपचारका क्रममा निधन भएको हो ।
नेसनल बर्न सेन्टर, मुम्बईमा उपचाररत उनको निधन भएको मनाङ एयरले जनाएको छ । दुर्घटनामा उनको शरीरको ५० प्रतिशतभन्दा बढी भाग जलेको थियो ।
सेढाईंलाई काठमाडौंको ह्याम्स अस्पतालले थप उपचारका लागि मुम्बई रिफर गरेको थियो । पाइलट सेढाईंले उडाएको हेलिकोप्टर असोज २७ गते सोलुखुम्बुमा दुर्घटना भएको थियो ।