४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 9:07 am
Banner

सर्लाहीमा गोली हानेर युवकको हत्या

सूचना प्रेस २०७८ चैत्र २३ बुधबार ००:००, २०:४५ बजे १ मिनेट पढाइ

सर्लाही । सर्लाहीको सदरमुकाम मलंगवामा गोली प्रहारबाट एक जना भारतीय नागरिकको मृत्यु भएको छ। बुधबार साँझ ७ : ४० बजे गोली चलेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मृत्यु भएका अन्दाजी ३५ वर्षीया इन्दल महतो रहेको प्रहरीले जनाएको छ।

उनी भारतको विहारस्थित सितामढीको कन्हौली थानाका स्थायी बासिन्दा रहेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ।