९ कार्तिक २०८१, शुक्रबार 1729872539
Banner

कुशल मल्लले पूरा गरे अर्धशतक

काठमाडौं । विश्वकप छनोटअन्तर्गत नेपालका कुशल मल्लले अर्धशतक पूरा गरेका छन् ।

सोमबार त्रिवि मैदानमा भएको खेलमा उनले सिंगापुरविरुद्धको खेलमा २६ बलमा अर्धशतक पूरा गरेका छन् ।

कुशलले २ छक्का र ६ चौका प्रहार गरेका छन् । १४६ रनको लक्ष्य पछ्याइरहेको नेपालले आक्रामक ब्याटिङ गर्दै ७ ओभरमा विकेट नगुमाई ७२ रन जोडेको छ ।

कुशलले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सातौं पटक अर्धशतक बनाएका हुन् । २५ खेल खेल्ने क्रममा उनले एक पटक शतक पनि प्रहार गरेका छन् ।