९ कार्तिक २०८१, शुक्रबार 1729873309
Banner

नेपालको आईसीसी टी–२० विश्वकप छनोटमा सुखद सुरुवात

काठमाडौं । नेपालले आईसीसी टी–२० विश्वकप छनोटमा सुखद सुरुवात गरेको छ । नेपालले सिंगापुरलाई ८ विकेटले हराउँदै सो छनोटका लागि सुखद सुरुवात गरेको हो ।

त्रिवि क्रिकेट मैदानमा सोमबार टस जितेर ब्याटिङ थालेको सिंगापुरलाई १४५ रनमा सीमित गरेको नेपालले १६.३ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।

प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेलले ७४ रन बनाए । कप्तान रोहित पौडेल ३५ रनमा अविजित रहे । आसिफ शेख २७ रन बनाएर आउट भए ।

नेपालले ८४ रन जोड्दा पहिलो विकेट गुमाएको थियो । कुशलले ४८ बलमा २ छक्का र ८ चौका प्रहार गरेर ७४ रन बनाएर क्याच आउट भए । त्यसअघि पहिला ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन जोडेको थियो ।