९ कार्तिक २०८१, शुक्रबार 1729873315
Banner

प्रतिपक्षी दलका नेताको मर्यादाक्रम बढ्ने

काठमाडौं । दलहरुबीच प्रतिनिधिसभाको प्रमुख विपक्षी दलका नेताको मर्यादाक्रम दुई तह बढने भएको छ ।

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले प्रतिनिधि सभाको विपक्षी दलका नेताको मर्यादाक्रम पूर्वराष्ट्रपति र पूर्वप्रधानमन्त्रीकै लहरमा रहने गरी ‘राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९’ मा सहमति जुटाएको हो ।

हाल प्रतिनिधि सभाका विपक्षी दलका नेताको मर्यादाक्रम ८ औं नम्बरमा छ ।

अब विपक्षी दलका नेताको मर्यादाक्रम पूर्वराष्ट्रपति, उपप्रधानमन्त्री, पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री र मन्त्रिपरिषदका अध्यक्षसरह छैटौं नम्बरमा राख्ने सहमति भएको छ ।

हाल प्रचलित मर्यादाक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीशपछिको ५ औं नम्बरको मर्यादाक्रममा प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्ष छन् ।