९ कार्तिक २०८१, शुक्रबार 1729887339
Banner

राष्ट्रसंघका महासचिव गुटेरेसको सम्बोधनको लागि संसद भवनमा यस्तो छ तयारी (तस्विरहरु)

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसको संघीय संसदलाई सम्बोधन गर्ने तयारी पूरा भएको छ ।

संघीय संसद भवन नयाँ बानेश्वरमा भइरहेको तयारीबारे प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सोमबार अपराह्न संयुक्त सदनको बैठक (प्रतिनिधिसभा) कक्षको व्यवस्थापकीय र प्राविधिक पक्षको निरीक्षण गरेका छन् । महासचिव गुटेरेसले मंगलबार अपराह्न ४ बजे संयुक्त सदनको बैठकमा सम्बोधन गर्ने कार्यक्रम छ । सभामुखले संसद सचिवालयका उच्च अधिकारीलाई व्यवस्थापन पक्षलाई त्रुटिरहित सम्पन्न गर्न निर्देशन दिएका छन् ।