१९ बैशाख २०८३, शनिबार 1777723339
Banner

जलवायु परिवर्तनको असर हेर्न नेपालका हिमाली क्षेत्र आऊ:गुटरेस

काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनले परेको असर अवलोकन गर्न नेपालका हिमाली क्षेत्रमा आउन सुझाव दिएका छन् ।

नेपाल भ्रमणका क्रममा मंगलबार अन्नपूर्ण आधार शिविर पुगेका उनले यस्तो बताएका हुन् । जलवायु परिवर्तनका कारण हिम नदीहरु पग्लिरहेको आफूले पाएको उनको भनाइ छ ।

‘कोप २८ का सहभागीले यहाँ आएर हेर्नुपर्छ,’ अन्नपूर्ण आधार शिविरमा उभिएर उनले भने, ‘हिम नदीहरु छिटो छिटो पग्लिरहेका छन्, जसले बाढी पहिरो ल्याउँछन् ।’ जलवायु परिवर्तन सम्बन्धी संयुक्त्त राष्ट्र संघको सम्मेलन कोप २८ नोभेम्बर ३० देखि यूएईमा हुँदै छ ।