१९ बैशाख २०८३, शनिबार 1777728688
Banner

संयुक्त राष्ट्रसंघका महासचिव गुटरेस लुम्बिनीमा

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोरियो गुटरेस आज लुम्बिनी पुगेका छन् ।

अन्नपूर्ण बेस क्याम्पको भ्रमणपछि उनी लुम्बिनी पुगेका हुन् । उनलाई लुम्बिनीमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पर्यटन मन्त्री सुदन किराती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरी, लुम्बिनी विकास कोषका पदाधिकारीहरूले स्वागत गरेका छन् ।

गुटरेस पूर्वनिर्धारित समयभन्दा २ घण्टा ढिलो गरी बुद्धको जन्मस्थल लुम्बिनी आएका हुन् ।

लुम्बिनी विकास कोषका अनुसार महासचिव गुटरेसले लुम्बिनीमा झन्डै डेढ घण्टा बिताउने छन्।

गुटरेसले मायादेवी मन्दिर, बुद्धजन्म स्मारक, पुष्पकरणी पोखरी, अशोक स्तम्भहरूको निरीक्षणपछि पिपलको रुखमुनि छोटोमा स्वागत गर्ने कार्यक्रम राखिएको लुम्बिनी विकास कोषका प्रमुख प्रशासन अधिकृत ज्ञानिन राईले रातोपाटीलाई बताए ।