२५ कार्तिक २०८३, बुधबार Wednesday, 11 November 2026
हामीलाई पछ्याउनुहोस्
२५ कार्तिक २०८३, बुधबार 3:04 pm
Banner

गैरआवासीय एनआरएनए अभियान्तामाथि हातपात भएको आरके शर्माको आरोप

सूचना प्रेस २०८० कार्तिक १४ मंगलबार ००:००, १४:५० बजे १ मिनेट पढाइ

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष आरके शर्मासहितका अभियन्ताहरुमाथि कुटपिट भएको छ ।
संघको बालुवाटारस्थित कार्यालयमै शर्मालगायतमाथि कुटपिट भएको उनको भनाइ छ ।

संघका अध्यक्ष आरके शर्माले कार्यालयमा जाँदा त्यहाँ उपस्थित भएका युवासंघका कार्यकर्ताहरुले आफूमाथि हातपात गरेको आरोप लगाएका छन् । उनले आफू कुटपिटका बीच उम्किन सफल भएपनि महासचिव बुद्धि सुवेदीसहितका अभियन्ताहरुमाथि पनि कुटपिट भएको उनको भनाइ छ ।

संघकै सभाहलमा बद्री केसी पक्षले एमाले नेता महेश बस्नेतसहित उपस्थित युवासंघको कार्यक्रम चलिरहेका बेला आरकेसहितका अभियन्ता संघको कार्यालयमा पुगेका थिए ।