८ मंसिर २०८१, शनिबार 1732406521
Banner

नेपालले गर्‍यो ११ औँ ओभरमा सय रन पूरा

काठमाडौं । नेपालले ११ औँ ओभरमा सय रन पूरा गरेको छ।

नेपालले ११ ओभरको समाप्तिमा एक विकेट गुमाएर एक सय १५ रन जोड्न सफल भएको छ ।

नेपालले ११ औँ ओभरमा २० रन जोड्यो भने कुशल मल्ल १९ बलमा ४ छक्का र एक चौकासहित ३८ रनमा खेल्दैछन्।
आसिफ शेखले २२ बलमा ३२ रन जोडेका छन्।

नेपालले ४९ रन जोड्दा पहिलो विकेटका रूपमा कुशल भुर्तेललाई गुमाएको हो। भुर्तेलले ४३ रन जोडे। उनले २५ बलमा ४ छक्का र ४ चौका हिर्काए।