९ कार्तिक २०८१, शुक्रबार 1729858370
राजनीति

संयुक्त राष्ट्रसंघका महासचिवले भेटे राष्ट्रियसभाका अध्यक्ष

काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

मंगलबार गुटेरेस र अध्यक्ष तिमिल्सिनाबीच सिंहदरबारस्थित कार्यकक्षमा भेटवार्ता भएको हो ।

भेटवार्तामा नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तन लगायतका विषयमा कुराकानी भएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले बताएको छ ।