९ कार्तिक २०८१, शुक्रबार 1729865325
Banner

नेपाल विश्वकप छनोटमा सेमिफाइनलमा

काठमाडौं । घरेलु टोली नेपाल जारी विश्वकप छनोटको सेमिफाइनलमा पुगेको छ ।

मङ्गलबार भएको खेलमा मलेसियालाई ६ विकेटले हराउँदै नेपालले लगातार दोस्रो जितसहित अन्तिम चारको यात्रा तय गरेको हो ।

नेपालको जितले ओमान पनि सेमिफाइनल पुगेको छ । नेपालले समूहको अन्तिम खेलमा अब ओमानसँग खेल्ने छ । यो खेलले समूह विजेता र उपविजेता तय गर्ने छ ।

पहिलो खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले हराएको थियो ।