९ कार्तिक २०८१, शुक्रबार 1729850809
Banner

नेपाल विश्वको साथी हो : महासचिव गुटेरेस

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल विश्वको साथी भएको बताएका छन्। मंगलबार संघीय संसद बैठकलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

उनले भने,‘नेपाल विश्वको साथी हो, त्यसैले विश्व पनि नेपालको राम्रो साथी बन्नुपर्छ ।’

उनले सम्बोधनकै क्रममा इसरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका नेपाली विद्यार्थीको परिवारप्रति समवेदना प्रकट गरेका छन्।

‘हजारौं माइल टाढा इसरायलमा हमासको आक्रमणबाट नेपाल पनि पीडित बनेको छ। म हमासको आक्रमणबाट ज्यान गुमाएका नेपाली विद्यार्थीहरूको परिवारप्रति समवेदना प्रकट गर्न चाहन्छु। र सम्पर्कबिहीन रहेका विपिन जोशीको सुरक्षित तवरले फर्किउन् भनेर कामना व्यक्त गर्न चाहन्छु,’ उनले भने। यस्तै, उनले नेपाल शान्तिको राष्ट्र समेत भएकोसमेत बताए ।