९ कार्तिक २०८१, शुक्रबार 1729858093
राजनीति

माओवादी नेतृ तथा पूर्वसांसद उमाविश्वकर्मा एमालेमा प्रवेश

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वैकल्पिक केन्द्रीय सदस्य तथा पूर्वसांसद उमा विश्वकर्मा नेकपा (एमाले)मा प्रवेश गरेकी छन् ।

कपिलवस्तुकी विश्वकर्मा माओवादी पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेकी हुन् । विश्वकर्मालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले वालकोटमा पार्टी प्रवेश गराएका थिए ।

विश्वकर्मा माओवादी केन्द्रबाट २०६३ सालमा सांसद भएकी थिइन् । एमाले प्रवेशसँगै माओवादी कपिलवस्तुलाई गम्भीर धक्का लागेको बताइएको छ ।