८ कार्तिक २०८१, बिहिबार 1729814660
Banner

गोरखामा आगलागीमा परेर आमाछोराको मृत्यु

काठमाडौं । आगलागीमा परेर जलेर आमाछोराको मृत्यु भएको छ ।

उत्तरी गोरखाको धार्चे गाउँपालिका–१ हुल्चुकमा शनिबार राति घरमा आगलागी हुँदा ७८ बर्षीया कान्छी गुरुङको घरमा आगलागी हुँदा उनी र अपाङ्गता भएका उनका ३९ बर्षका छोरा चनारसिंङ गुरुङको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार हिजो राति घरमा आगलागी हुँदा सो घटना भएको हो । ‘हामीलाई बिहान मात्र खबर आयो’, प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले भने, ‘जगत प्रहरी चौकीको टोली घटनास्थल पुगिसक्यो, आरुघाटबाट प्रहरी निरीक्षक कमाण्डको टोली जाँदै छ ।’