८ मंसिर २०८१, शनिबार 1732345490
Banner

प्रधानमन्त्रीले मेरै अगाडि झुटो बोल्नुभयो: रवि लामिछाने

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झुट बोलेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आपत्ति जनाउनु भएको छ। प्रधानमन्त्री प्रचण्डले आज एक कार्यक्रममा आफ्नै अगाडि झुट बोलेको सभापति लामिछानेले बताउनु भयो। प्रधानमन्त्रीले कार्यक्रममा टिकटक बन्द गर्ने सन्दर्भमा सत्ता र प्रतिपक्षी सबैसँग छलफल गरेको भनेर झुट बोलेको बताउनुभयो।

लामिछानेले यस सन्दर्भमा रास्वपासँग वा रास्वपाका कुनै पनि नेतासँग औपचारिक तथा अनौपरिक कुनै पनि छलफल नभएको स्पष्ट पार्नुभयो। प्रधानमन्त्रीले आफ्नो झुटो अभिव्यक्ति सच्याउनुपर्ने सभापति लामिछानेको माग छ।

सभापति लामिछानेले भन्नुभयो, ‘प्रधानमन्त्रीज्यु ले मेरै अगाडि आज एक कार्यक्रममा गलत तथा भ्रमपूर्ण अभिव्यक्ति दिनुभयो। टिकटक बन्द गर्ने सन्दर्भमा सत्ता पक्षीय र विपक्षी सबै दलको सहमति र छलफल पछि निर्णयमा पुगेको बताउनु भयो। म लगायत रास्वपाका कुनै नेतासँग यस विषयमा कुनै औपचारिक अनौपचारिक छलफल वा सहमति भएको छैन। छँदै छैन। प्रधानमन्त्रीज्युले यो गलत अभिव्यक्ति सच्याउनु हुने छ र कुन-कुन दलले सहमति जनाएका हुन् भन्ने स्पष्ट पारिदिनु हुनेछ भन्ने विश्वास लिएको छु।’