३० बैशाख २०८३, बुधबार 1778657582
Banner

दसैँपछि मात्रै काठमाडौं उपत्यकामा १ करोड भन्दा बढीको धनमाल चोरी

काठमाडौं – दसैँपछिमात्रै काठमाडौं उपत्यकामा एक करोड भन्दा बढीको धनमाल चोरी भएको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका अनुसार कात्तिक ११ गतेदेखि कात्तिक ३० गते राति नौ बजेसम्म काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका विभिन्न ३७ स्थानबाट गरेर एक करोड तीन लाख ६६ हजार १९५ बरारबरको धनमाल चोरी भएको हो।

जसमा काठमाण्डौंका २५ स्थानबाट २७ लाख ७ हजार ४४५, ललितपुरका १० स्थानबाट २५ लाख ३० हजार ७५० र भक्तपुरका सात स्थानबाट सबैभन्दा बढी ५० लाख ५६ हजार बराबरको धनमाल चोरी भएको उपत्यका प्रहरी कार्यालय रानिपोखरीले जानकारी दियो।