९ कार्तिक २०८१, शुक्रबार 1729908430
Banner

टिकटक प्रतिबन्धविरूद्ध सर्वोच्चमा रिट

काठमाडौं । टिकटक बन्द गर्ने सरकारको निर्णयविरूद्व सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले सर्वोच्चमा शुक्रबार बिहानै रिट दायर गरेका हुन् । रिट दर्ता हुन भने बाँकी छ ।

टिकटक बन्दविरुद्ध सर्वोच्च अदालतमा ५ वटा रिट पुगिसकेका छन् । हाल ती रिटहरु अध्ययनका क्रममा रहेको र अध्ययनपछि रिट दर्ता हुने कि नहुने वा कुन कुन रिट दर्ता हुने भन्ने सम्बनधमा निर्णय हुनेछ ।

सरकारले कात्तिक २७ गते टिकटक प्रतिबन्ध गर्ने मन्त्रिपरिषदबाट निर्णय गरेको थियो।