काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गराएको विरोधमा टिकटकर प्रदर्शनमा उत्रिएका छन् ।
माइतीघरमा सरकारले टिकटकरले टिकटक बन्द गराएको विरोधमा प्रदर्शन गरेका हुन् ।
उनीहरुले सर्वोच्च अदालत कहाँ छौं लगायतका प्लेकार्डहरु बोकेर नारा लगाइराखेका छन् । सरकारले गत सोमबार नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।