८ कार्तिक २०८१, बिहिबार 1729808003
Banner

गृहमन्त्रालयमा काठमाडौं उपत्यकाको शान्ति सुरक्षा व्यवस्थाबारे छलफल

काठमाडौं । गृहमन्त्रालयले काठमाडौँ उपत्यकाको शान्ति सुरक्षा व्यवस्थाबारे छलफल गरेको छ । सो छलफल गृह मन्त्रालयका सचिव दिनेश भट्टराईको नेतृत्वमा सो छलफल भएको हो ।

छलफलमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, तीन वटै जिल्लामा कार्यरत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागकाका प्रमुख सहभागी भएका थिए ।

गृहमन्त्रालयले समग्र काठमाडौं उपत्यकाका सुरक्षा व्यवस्था के कस्तो भइरहेको छ र कसरी बलियो बनाउन सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित भएको जनाएको छ ।

मंसिर ७ गते दुर्गा प्रसाईं र एमाले निकट युवा स‌ंघले माइतीघरमा छुट्टाछुटै आन्दोलनका कार्यक्रम घोषणाा गरेकाले पनि काठमाडौं सुरक्षालाई निकै खास किसिमले हेरिएको छ ।