८ कार्तिक २०८१, बिहिबार 1729815113
Banner

दुर्गा प्रसाईं र महेश बस्नेत समूहलाई माइतीघर क्षेत्रमा प्रदर्शन गर्न नदिने

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले दुर्गा प्रसाईंले नेतृत्व गरेको समूह र युवा संघको नेतृत्वमा हुने भनिएको ‘प्रदर्शन’ माइतीघर मण्डलामा गर्न नदिने निर्णय गरेको छ ।

दुवै पक्षले माइतीघर क्षेत्रमा प्रदर्शन गर्ने भनेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले यस्तो निर्णय गरेको हो । दुवै पक्षले माइतीघरमा प्रदर्शनका लागि अनुमति मागेका थिए ।

प्रदर्शनकारी हिँड्ने रुट र कार्यक्रम स्थल फरक पर्ने गरी कार्यक्रम स्थल तोक्नेबारे छलफल भइरहेको काठमाडौँ जिप्रकाको भनाइ छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ले देशभरबाट सर्वसाधारण उतार्ने तयारी गरेको छ । युवा संघले पनि ठुलो सङ्ख्यामा कार्यकर्ता उतार्ने गरी तयारी गरेको छ ।