काठमाडौं । वन मन्त्रालयले राष्ट्रिय जलवायु सम्मेलन गरेको छ ।
राजधानीमा भएको सो कार्यक्रममा जारी सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत प्रदेश र स्थानीय तहका प्रतिनिधिहरू समेत सहभागी छन् ।
वन मन्त्रालयको आयोजनामा भएको राष्ट्रिय जलवायु सम्मेलनका क्रममा सरकारले राष्ट्रिय अनुकुलन योजना र राष्ट्रिय निर्धारित योगदान कार्यान्वयन योजना सार्वजनिक गरिएको छ ।
प्रधानमन्त्रीको नेतृत्वमा सहभागिता हुने तयारी भैरहेको आगामी कोप–२८ मा नेपालका तर्फबाट अर्थपूर्ण सहभागिता बनाउने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो ।