८ कार्तिक २०८१, बिहिबार 1729815363
Banner

हातखुट्टा बाँधेर बोरामा फ्याँकेको अवस्थामा भेटियो महिला र पुरुषको शव

चितवन । चितवनमा बोराभित्र पोको पारेको अवस्थामा दुई वटा शव फेला परेको छ। बुधवार दिउँसो भरतपुर महानगरपालिका वडा नम्बर ९ मिलनचोकस्थित कल्भर्टमा बोराभित्र शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

अन्दाजी ३०\३२ वर्षका जस्ता देखिने पुरुष र महिलाको शव जुटको एउटै बोराभित्र फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। दुवै जनाको अनुहार चोटका कारण पहिचान गर्न सक्ने अवस्था छैन । प्रहरीले शवलाई पोष्ट मार्टमको लागि भरतपुर अस्पताल लगेको छ ।

प्रहरी कार्यालय अनुसार हातखुट्टा बाँधेर बोरामा हालेको अवस्थामा महिला र पुरुषको शव भेटिएको थियो।