९ कार्तिक २०८१, शुक्रबार 1729858058
समाचार

युवा संघ र अनेरास्ववियुको मसाल जुलुस

काठमाडौं । नेकपा एमालेको युवा र विद्यार्थी संगठन राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले आज साँझ काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा म्साल जुलुस निकालेका छन् ।

भोलि काठमाडौंको तीनकुनेमा हुने युवा विद्यार्थी अभियानको पूर्व सन्धामा युवा संघ र अनेरास्ववियुले आज उपत्यकाका विभिन्न ठाउँमा मसाल जुलुस निकालेका हुन।

साँझ साढे ५ बजे काठमाडौंको सामाखुशी, सीतापाइला, गौशाला, चाबहिल, तिनकुने, सुन्धारा, प्रदर्शनी मार्ग र थलीमा मसाल जुलुस निकालिएको थियो ।

सोही समयमा भक्तपुरको निकोसेरा, गठठाघर, सृजनानगर चोकमा, चाँगुनारायण नगरपालिकाले कमल विनायकमा र सूर्य विनायक नगरपालिकाको सुर्यविनायक चोकमा राँके जुलुस निकालेर प्रदर्शन गरेको हो ।

पनि मसाल जुलुस निकालिएको थियो । सोही समयमा नै लतितपुरको मंगलबजार, लगनखेल, इमाडोल, चापागाउँ, प्याङगाउँमा मसाल जुलुस निकालिएको युवा संघले जनाएको छ।