२३ कार्तिक २०८३, सोमबार Monday, 9 November 2026
हामीलाई पछ्याउनुहोस्
२३ कार्तिक २०८३, सोमबार 11:53 am
Banner

उर्लाबारी आगलागी अपडेट : मृतकको संख्या पाँच पुग्यो

सूचना प्रेस २०८० मंसिर १२ मंगलबार ००:००, १०:३४ बजे १ मिनेट पढाइ

विराटनगर । मोरङको उर्लाबारीमा लक्ष्मी पूजाको रात एक सुन पसलमा आगलागी हुँदा नियन्त्रणका क्रममा घाइते भएका मध्ये पाँच जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गएराति राति साढे ११ बजे काठमाडौंस्थित बर्न अस्पतालमा उपचाररत ४३ वर्षिय रामनरेश मरिताको मृत्यु भएको हो।

धनुषास्थित जानकीनन्दनी गाँउपालिका घरभएका मरिता आगलागी नियन्त्रणका क्रममा गम्भीर घाइते भएका थिए। उर्लाबारी नगरपालिकाको बरगाछीमा रहेको सुनचादीको पसलमा आगलागी भएको थियो।

सोही क्रममा घाइते भएर उपचारका लागि काठमाडौं ल्याइएका घरधनी ६८ वर्षीय रुकुमबहादुर कार्की, ४९ वर्षीय हेमकुमार दाहाल, ४२ वर्षीय कुमार तामाङ र ४३ वर्षीय तपन पण्डितको उपचारकै क्रममा मृत्यु भइसकेको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिपक पोखरेलले जानकारी दिए।

आगलागी नियन्त्रणका क्रममा ४ प्रहरीसहित २४ स्थानीय गरि २८ जना घाइते भएका थिए। कात्तिक २६ गते लक्ष्मीपूजाको दिन राति साढे १० बजे उर्लाबारी–७ बरगाछीस्थित दीपक कार्कीको घरमा रहेको सुनचाँदी पसलमा आगलागी भएको थियो ।