९ मंसिर २०८१, आइतबार 1732505091
Banner

प्रहरीले झम्सिखेलमा गोली चलायो

काठमाडौं– ललितपुरको झम्सिखेलमा प्रहरीले लागूऔषध कारोबारीलाई समात्न गोली चलाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका ३ ठाडो ढुंगामा गोली चलाएर लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीको टोलीले ललितपुरको झम्सिखेलमा गोली प्रहार गरेर लागूऔषध कारोबारीको आरोपमा उदयपुरका ४५ वर्षीय अविनाश राईलाई पक्राउ गरेको छ । उनको साथबाट प्रहरीले कटुवा पेस्तोल, दुइटा गोली र लागूऔषध पनि बरामद गरेको छ ।

प्रहरीको गोली लागेर घाइते भएका उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।