९ मंसिर २०८१, आइतबार 1732485207
Banner

एमालेको संकल्प यात्राको १४ औं दिन, आज खोटाङ र भोजपुरमा सम्बोधन

काठमाडौं । नेकपा एमालेले जारी राखेको मध्यपहाडी यात्राको आज १४ औं दिन पुगेको छ । १९ दिन लामो यात्रा १४ औं दिनमा आज खोटाङको दिक्तेलबाट भोजपुरका लागि प्रस्थान गर्दैछ ।

पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार ८४ किलोमिटरको हुनेछ । जसमा चखेवा अन्नपूर्ण लगायतका ठाउँहरुमा जनतासँग भेटघाट तथा अन्तरक्रिया गर्ने,बिहानको खाना भोजपुरमा खाने र साँझ बास पनि भोजपुरमै बस्ने तयारी छ ।

यात्राको क्रममा हिजो मन्थलीबाट टोली घुर्मी हुँदै साँझ बास बस्नका लागि दिक्तेल पुगेको थियो । १९ दिने यात्राको सबै भन्दा छोटो दुरी हिजोको यात्रा ६६ किलोमिटर मात्र रहेको थियो । सबैभन्दा लामो दुरी यात्राको छैटौं दिन सुर्खेतबाट रुकुमकोट पुग्दाको थियो । सो दिन १९२ किलोमिटर दुरी यात्रा टोलीले पार गरेको थियो ।

एमाले समृद्धिका लागि संकल्प यात्रा नाम दिएर मध्यपहाडी राजमार्ग केन्द्रीत यात्रा जारी राखेको छ । मंसिर १४ गते बैतडीबाट सुरु भएको यात्रा पुष १ गते पाँचथरमा पुगेर टुंगिदैछ ।