९ मंसिर २०८१, आइतबार 1732490014
Banner

पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई सम्पत्ति शुद्धीकरणमा लगियो


काठमाडौँ । जिल्ला अदालतमा धरौटी बापतको बैंक ग्यारेन्टी बुझाएपछि पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइएको छ । केन्द्रीय कारागार प्रशासनले उनलाई पुल्चोकस्थित विभागमा उपस्थित गराएको हो । बैंक ग्यारेन्टी बुझाएपछि जिल्ला अदालत काठमाडौँबाट उनलाई पुल्चोक लगिएको छ ।

सम्पत्ति शुद्धीकरणका महानिर्देशकले खाँणलाई साधारण तारेखमा छाड्ने वा धरौटी लिने भन्नेबारे निर्णय गर्नेछन् । त्यसपछि उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाउने तयारी छ । पाटन उच्च अदालतले ३० लाख धरौटीमा छाड्न आदेश दिएसँगै उनले जिल्ला अदालत पुगेर धरौटी बराबरको ग्यारेन्टी पेश गरेका हुन् ।