९ मंसिर २०८१, आइतबार 1732464747
Banner

अबदेखि अनुशासन इन्चार्ज नराख्नू : कामनपा

काठमाडौँ-  काठमाडौँ​ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित अनुशासन इन्चार्ज (डीआई) नराख्न उर्दी जारी गरेको छ ।

शुक्रबार महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले एक विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएका हुन् ।

डीआईले विद्यार्थीमा भय सिर्जना गराउने, मनोवैज्ञानिक रूपले नकारात्मक प्रभाव पार्ने र शारीरिक सजायसमेत दिने गरेको विषयमा गुनासो प्राप्त भएकाले उक्त निर्णय लिएको जारी विज्ञप्तिमा उल्लेख छ ।