१८ भदौ २०८३, बिहिबार 1788445110
Banner

प्रधानमन्त्रीलाई लक्षित गदै रविले भने, ‘चप्पल पड्काएर आएका नेताका नातिनीहरुको विवाह पाँचतारे होटलमा’

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिलेसम्म चुनाव जितेका नेताहरुले मात्रै जितेको र जनताले हारेको टिप्पणी गरेका छन् । स्याङ्जाको भीरकोटमा आयोजित पार्टीको कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले देश र जनताले हारेको टिप्पणी गरे ।

देश र जनताले हारेको कुरा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिनहुँ हजारौंको संख्यामा युवाहरु विदेश पलायन भएको दृश्यले देखाएको उनको भनाई छ । उनले हिजो चप्पल पड्काएर आएका नेताका छोरारछोरी र नाति नातिनीहरुको आज पाँचतारे होटलमा विवाह, ब्रतबन्ध र भोजभतेर गर्न ठुला ठुला व्यपारीले झै विवाह गर्न सक्ने भए र जनता आफ्नो उपचार गर्नको लागि घरबार बेचेर छोराछोरी विदेश पठाउन बाध्य भएको दाबी गरे ।