काभ्रे–काभ्रेमा नाबालिग छात्रालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापकसहित दुई शिक्षक पक्राउ परेका छन् । कक्षा ९ मा पढ्ने एक छात्रामाथि बलात्कार गरेको आरोपमा हिजो प्रधानाध्यापकसहित दुई शिक्षक पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा पाँचखाल नगरपालिका–६ स्थित जोरपाटी माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेशमान गुरुङ र विज्ञान शिक्षक मच्छेनारायण श्रेष्ठ रहेको काभ्रे प्रहरीले जनाएको छ ।
एक जनप्रतिनिधिका अनुसार विज्ञान शिक्षक गुरुङले दसैँ तिहारको बिचको बिदामा बालिकालाई ललाइफकाइ बनेपा लगेर बलात्कार गरेको खुलेको तथा विद्यालयका प्रधानाध्यापकसहित अर्का शिक्षकले पनि बालिकालाई सामाजिक सञ्जालमार्फत अश्लील र आपत्तिजनक मेसेज पठाउने गरेको देखिएको छ ।
हिजो विद्यालय पुगेका जनप्रतिनिधिहरूले घटनाबारे बुझेपछि प्रधानाध्यापक र विज्ञान शिक्षकलाई प्रहरीको जिम्मा लगाएका थिए।
पीडित पक्षले दुवै शिक्षकविरूद्ध हिजो जाहेरी दिएको र सोही अनुसार अनुसन्धान प्रक्रिया अगाडि बढेको प्रहरीको भनाइ छ ।