९ मंसिर २०८१, आइतबार 1732477893
Banner

पर्यटन मन्त्रीको राजीनामा माग गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अभिव्यक्तिको विरोध जनाउँदै सनतन धर्मावलम्बी समूहले काठमाडौंमा प्रदर्शन गरेको छ ।

मन्त्री किरातीले गत बुधबार दिएको अभिव्यक्ति गैरसंवैधानिक भएको भन्दै समूहले काठमाडौंको बानेश्वरमा प्रदर्शन गरेको हो ।

बुधबार क्रिसमस फेस्टिभलमा मन्त्री किरातीले क्रिश्चियनलाई मान्दिन भन्नु संविधान मान्दिन भन्नु हो र संविधान मान्दिन भन्नेहरु देशद्रोही हुन् भन्ने अभिव्यक्ति दिएका थिए । प्रदर्शनकारीले मन्त्री किरातीको राजिनामा पनि माग गरेका छन् ।