एजेन्सी । अमेरिकी राज्य टेक्ससको हस्टन क्षेत्रमा भाडाको घरमा आइतबार बिहान भएको गोलीकाण्डमा कम्तीमा तीन जनाको मृत्यु भएको छ । साथै अन्य दुई जना घाइते भएको पनि अधिकारीहरूले बताएका छन्। ह्युस्टनको उपनगरीय शहर क्याटीमा भाडाको घरमा २० वर्षका करिब १० देखि २० जना मानिसको भेला भएको अवस्थामा झगडा भएको र गोली हानाहान हुँदा कम्तिमा पाँच जनालाई गोली लागेको थियो ।
ह्यारिस काउन्टी शेरिफको कार्यालयका अनुसार एक जना पुरुष र एक जना महिलाको घटनास्थलमा मृत्यु भएको र एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । त्यसैगरी गोली लागेका अन्य दुई जना अस्पतालमा उपचार गराउन पुगेको स्थानीय प्रहरीले जनाएको छ । घटना बारे अनुसन्धान जारी छ ।