९ मंसिर २०८१, आइतबार 1732465547
Banner

चीनमा ७.१ म्याग्निच्युडको भूकम्प

काठमाडौं । उत्तरपश्चिम चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको अक्सु प्रान्तको उशी काउन्टीमा मङ्गलवार बिहान २ बजेर ९ मिनेटमा ७.१ म्याग्निच्युडको भूकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ।

२२ किलोमिटर गहिराइमा रहेको उक्त भूकम्पको केन्द्र ४१.२६ डिग्री उत्तर अक्षांश र ७८.६३ डिग्री पूर्वी देशान्तरमा अनुगमन गरिएको सीइएनसीले जनाएको छ। मुख्य भूकम्पपछि ५.३ म्याग्निच्युडको शक्तिशाली परकम्पहरू आएका थिए।

भूकम्पको केन्द्रबिन्दुमा कैयौं आवासीय घर र गाईवस्तुका गोठहरू भत्किएका छन्। केही मानिसहरु सामान्य घाइते भएका छन्।

भूकम्प गएको केही समयपछि उक्त क्षेत्रका केही भागमा विद्युत आपूर्तिमा अस्थायी अवरुद्ध भएको थियो।