१ जेष्ठ २०८३, शुक्रबार 1778830081
Banner

राष्ट्रियसभा निर्वाचन : लुम्बिनी प्रदेशको मतगणना सुरू

दाङ । लुम्बिनी प्रदेशको मतगणना सुरू भएको छ। दाङको कर्मचारी मिलन केन्द्रमा मतगणना सुरू भएको हो।

बिहीबार सम्मन्न निर्वाचनमा २ जना अनुपस्थित रहे। निर्वाचन अधिकृतको कार्यालयका अनुसार बाँके नरैनपुर गाउँपालिकाका उपाध्यक्ष जयन्ती देबी श्रीवास्तवज र रुपन्देही मायादेबी गाउँपालिका उपाध्यक्ष नर्मदा देवी उपाध्याय मतदान गर्न आएनन्। जयन्ती लोकतान्त्रिक समाजवादी पार्टीकी हुन् भने नर्मदा जनता समाजवादी पार्टीकी हुन्। निर्वाचनमा ३०३ जनाले मतदान गरेका थिए।

लुम्बिनी प्रदेशमा २ सिटका लागि ६ जना उम्मेदवार चुनावी मैदानमा छन्। अन्य र महिला क्लस्टरका दुई सिटका लागि सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटा र नेकपा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदीले उम्मेदवारी दिएका छन्।

त्यस्तै नेकपा एमालेले अन्य क्लस्टरतर्फ पाल्पाका झपेन्द्र बहादुर घर्ती क्षेत्री, महिलातर्फ दाङकी तुलसा कुमारी केसीलाई उम्मेदवार बनाएको छ। राप्रपाले महिला क्लस्टरमा कपिलवस्तुकी विजया लक्ष्मी सिंहलाई उम्मेदवार बनाएको छ भने जनमत पार्टीको तर्फबाट अन्य क्लस्टरमा नवलपरासीका बाल गोविन्द चौधरी उम्मेदवार छ ।