काठमाडौँ । प्रतिनिधिसभाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको छ । प्रतिनिधिसभाको आज बसेको दोस्रो बैठकले नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले अनुमोदन गरेको हो ।नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएको थिए ।
उनको जवाफपछि सभामुख डोलप्रसाद अर्यालले थप स्पष्टीकरणका लागि समय दिएको भए पनि कुनै सांसदले त्यसको उपयोग गरेनन् ।

विपक्षी दलका सांसदहरूले नीति तथा कार्यक्रममाथिको जवाफ प्रधानमन्त्री शाह स्वयंले दिनुपर्ने माग गर्दै बैठकमा विरोध जनाएका थिए । विरोधकै क्रममा कतिपय विपक्षी सांसद बैठकबाट बाहिरिएका थिए भने केही सांसद उभिएर विरोध जनाइरहेका थिए ।
सभामुख अर्यालले विपक्षी दलका सांसदहरूले दर्ता गराएका संशोधन प्रस्ताव फिर्ता लिन आग्रह गएको थियो । तर विपक्षी सदस्यहरू विरोधमै रहेकाले संशोधन प्रस्ताव फिर्ता नभएको जनाउँदै सभामुखले ती प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गरे । मतदानका क्रममा बहुमतले सबै संशोधन प्रस्ताव अस्वीकृत भएका थिए ।
सरकारको नीति तथा कार्यक्रममाथि विपक्षी दलका ३५ सांसदले संशोधन प्रस्ताव दर्ता गराएका थिए । यसअघि वैशाख २८ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पाैडेलले आर्थिक वर्ष २०८३/०८४ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।


