१ जेष्ठ २०८३, शुक्रबार 1778829908
समाचार

यी हुन् राष्ट्रियसभा सदस्यमा विजयीहरु (सूचीसहित)

काठमाडौं । संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभा सदस्यका १९ सीटका लागि बिहीबार भएको निर्वाचनमा सत्ता गठबन्धनका १८ र विपक्षी एमालेका एक जना निर्वाचित हुनु भएको छ ।

रिक्त भएका पदको निर्वाचनका लागि संवैधानिक व्यवस्थाअनुसार महिला, अपांग वा अल्पसंख्यक र अन्य गरि तीन ‘क्लस्टर’सँग सम्बन्धितलाई दलहरुले उम्मेदवार बनाएका थिए ।

निर्वाचनमा आठ वटा दलबाट ५१ जनाले उम्मेदवारी दर्ता गराएका थिए । एक जना सदस्य राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गर्नेछन् । सदस्यको पदावधि तालिकाअनुसार हरेक दुई–दुई वर्षमा राष्ट्रिय सभाको एक तिहाइ सदस्य रिक्त हुने गरेको छ ।

बिहीबारको निर्वाचनबाट राष्ट्रिय सभा सदस्य बनेकाहरु यी हुन् :

कोशी

१. रुक्मिणी कोइराला-एमाले-महिला

२. कृष्ण सिटौला-कांग्रेस-अन्य

मधेश

३. पूजा चौधरी-जसपा-महिला

४. आनन्द ढुंगाना-कांग्रेस-अन्य

वाग्मती

५. विष्णुदेवी पुडासैनी-कांग्रेस-महिला

६ घनश्याम रिजाल-एकीकृत समाजवादी-दलित

७. जीतजंग बस्नेत-कांग्रेस-अन्य

८. श्रीकृष्ण अधिकारी-माओवादी-अपांगता

गण्डकी

९. मनरुपा शर्मा-माओवादी-महिला

१०. किरणबाबु श्रेष्ठ-कांग्रेस-अन्य

११. पदमबहादुर परियार-कांग्रेस-अपांगता

लुम्बिनी

१२. विष्णुकुमारी सापकोटा-कांग्रेस-महिला

१३. झक्कुप्रसाद सुवेदी-माओवादी-अन्य

कर्णाली

१४. सावित्री मल्ल-एकीकृत समाजवादी-महिला

१५. कृष्णबहादुर रोकाया-कांग्रेस-अन्य

१६. विष्णु विक-माओवादी-दलित

सुदूरपश्चिम

१७. रेनु चन्द-माओवादी-महिला

१८. नारायणदत्त भट्ट-कांग्रेस-अपांगता

१९. बलदेव बोहरा-कांग्रेस-अन्य