७ मंसिर २०८१, शुक्रबार 1732269191
Banner

एमाले अध्यक्ष ओली र चिनियाँ बिदेश उपमन्त्री बिच भेटबार्ता

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानको शिष्टाचार भेट भएको छ । पार्टी कार्यालय च्यासलमा भएको भेटघाटमा दुइ देशका हित र आपसी समझदारीसहित विकास निर्माणका बारेमा छलफल भएको छ ।

उक्त भेटघाटमा चिनिया राजदुत तथा एमाले बिदेश बिभाग प्रमुख राजन भट्टराईलगायतको उपस्थिति रहेको थियो ।

हिजो मात्र नेपाल आएकी अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री हायानले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गर्नुभएको थियो ।